राजनीति


रुपन्देही लगियो रविलाई

रुपन्देही लगियो रविलाई

नेपालखबर
चैत २३, २०८१ शनिबार ९:२८, काठमाडौँ

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा दोस्रोपटक पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान रुपन्देही (भैरहवा) लगिएको छ।

धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामै पठाउन आदेश दिएपछि त्यही राति निवासबाटै पक्राउ गरिएका पूर्वगृहमन्त्री लामिछानेलाई आज बिहानै रुपन्देही जिल्ला प्रहरी कार्यालय लगिएको हो।

रातभर काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका रविलाई आज हवाईजहाजमार्फत रुपन्देही लगिएको हो। 

सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतले गत माघ १३ गते १ करोड धरौटी लिएर रिहा गरेका रवि उच्च अदालतले आदेश उल्टाएपछि दोस्रोपटक गिरफ्तार भएका हुन्। 

काठमाडौँबाट शनिबार बिहान यती एयरलाइन्सको विमानबाट रुपन्देही लगिएका रविलाई गौतमबुद्ध विमानस्थलमा पुर्‍याइसकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad