राजनीति


कुलमानले भने: एउटा मन्त्रीको गलत नियतले संस्था लथालिंग हुने अवस्था छ

कुलमानले भने: एउटा मन्त्रीको गलत नियतले संस्था लथालिंग हुने अवस्था छ

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १४:१, काठमाडौँ

कुलमान घिसिङले ऊर्जामन्त्रीको दीपक खड्काको गलत नियतले नेपाल विद्युत प्राधिकरण लथालिंग हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।  

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री र संस्थाको नेतृत्वको गलत नियतसहितको निर्णयले क्षण  भरमा लथालिंग र भताभुंग हुने अवस्थामा पुगेको बताएका हुन्।  

'हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित गर्‍यौँ, राष्ट्रको आर्थिक बचत गर्‍यौँ र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्यौँ। प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ,' उनले भने,'तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निणर्यले क्षण भरमा संस्था लथालिङ र भताभुङ हुनसक्ने अवस्था विद्यमान छ। यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ।'

उनले नेपालको विद्युत क्षेत्रमा हालसम्म भएको सफलता आफू एक्लैको प्रयासबाट नभएको बताए। उनले समग्र प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ सहयोगमा सफलता हात लागेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad