नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङले आफूलाई हटाउन सिंगो राष्ट्र शक्ति नै दुरुपयोग गरिएको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले मन्त्रीले नै संसद्को रोस्टम दुरुपयोग गरेको बताएका हुन्।
कुलमानलाई हटाउनुपर्ने भन्दै वर्तमान ऊर्जामन्त्री दीपक खड्काले नै सार्वजनिक कार्यक्रम र संसद्को रोस्टमबाट पनि अभिव्यक्ति दिँदै आएका थिए।
'एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो?, कसको निर्देशनमा जाइलागेको थियो?,' उनले भने, 'राज्यका जिम्मेवार निकायका व्यक्तिले नै कसरी संसद्को रोस्ट्रमको दुरुपयोग गरे, देखेकै छौँ। म हतोत्सािहत भएको छैन।'
कुलमानलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिसकेको छ। पदावधि चार महिनामात्रै बाँकी हुँदा कुलमानलाई सरकारले हटाएको हो।
Shares

प्रतिक्रिया