समाज


सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते

सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १३:४७, काठमाडौँ

सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट तीनजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। 

सिराहाको गोलबजार नगरपालिका-४ निपानेमा गोलबजारबाट मनहौरतर्फ जाँदै गरेको प्र-२-०१-००१ प ०२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गोलबजार नगरपालिका-१३ बस्ने ४७ वर्षीय हंसराज यादव र उनकै नाती ३ वर्षीय सूर्य यादवको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका हंसराजको प्रादेशिक अस्पताल लहानमा र नाती सूर्यको न्यूरो अस्पताल विराटनगर मोरङमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बर्धमान अस्पताल र मोटरसाइकलमा सवार अर्का १ जनाको लाइफ लङ्ग अस्पताल गोलबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

त्यसैगरि सुनसरीमा पनि मोटरसाइकलको ठक्करबाट ७७ वर्षीया महिलाको मृत्यु भएको छ। 

बराहक्षेत्र नगरपालिका(३ नडाहामा पकलीबाट चतरातर्फ जाँदै गरेको प्र-१-०२-०४३ प ५३०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र नगरपालिका-३ मिलन चोक बस्ने ७७ वर्षीया मन माया गिरीको मृत्यु भएको हो।

मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान घोपा अस्पताल धरानमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad