मधेसकेन्द्रित सात दलले संयुक्त मोर्चाका लागि २६ बुँदे प्रतिबद्धता पत्र तयार गरेका छन्।
जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोसपा, तमलोपा, जनता प्रगतिशील पार्टी र राष्ट्रिय मुक्ति पार्टी रहेको संघीय लोकतान्त्रिक मोर्चाले १३ बुँदे आचारसंहिता पनि तय गरेको छ।
यीमध्ये चार दलसँग १९ सिट प्रतिनिधि सभामा छन्।
उनीहरूले संविधान संशोधनमा साझा एजेन्डा उठाउने गरी मोर्चा बनाएको भनेका छन्। स्थानीय तहलाई प्रदेशको मातहत राख्नुपर्ने मुद्दा उनीहरूले संयुक्त रूपमा उठाएका छन्।
सात दलले पालैपालो आआफ्नो कार्यालयमा बैठक आयोजना गर्ने र अध्यक्षता पनि आलोपालो गर्ने सहमति उनीहरूले गरेका छन्।
हेर्नुहोस् पूरा दस्तावेज:
453
Shares

प्रतिक्रिया