राजनीति


तीनकुने घटनामा समातिएका व्यक्ति पहिल्यै अलग भइसकेका: रास्वपा

तीनकुने घटनामा समातिएका व्यक्ति पहिल्यै अलग भइसकेका: रास्वपा

नेपालखबर
चैत २१, २०८१ बिहिबार १७:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनकुने घटनामा संलग्न भनिएका केही व्यक्ति पहिला नै अलग भइसकेका भनी प्रस्टीकरण दिएको छ।

केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले एक विज्ञप्ति जारी गरी डा राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरू करिब ३ महिनाअघि नै रास्वपाबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका भनेका छन्। 

‘राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न भनेर केही मिडियामा प्रस्तुत समाचार र सामाजिक सञ्जालमा आएका विभिन्न पोस्टप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरू रास्वपाका विभिन्न महत्त्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आम सञ्चार माध्यममा जानकारी गराइन्छ। कानुन उल्लंघन गर्ने जोसुकै मानिस कानुनको दायरामा आउनुपर्ने र हाम्रो पार्टीभित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको कुरा सबैमा जानकारी गराइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad