राजनीति


काठमाडौँ महानगरका कार्यकारी ढोका फुटाएर गए कार्यकक्षमा (तस्बिरहरू)

काठमाडौँ महानगरका कार्यकारी ढोका फुटाएर गए कार्यकक्षमा (तस्बिरहरू)

सरोज नेपाल
चैत २१, २०८१ बिहिबार १२:५९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ढोका फुटाएर आफ्नो कार्यकक्षमा प्रवेश गरेका छन्। 

नगर प्रहरीको अवरोधका बाबजुद काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिहीबार कार्यालय पुगेका हुन्। 

आजै गुरागाईं पुगेपछि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो। छलफलमा वडाध्यक्षहरू पनि सहभागी थिए। तर महानगर प्रमुख बालेन्द्र शाह भने उपस्थित भएनन्।  

गुरागाईंलाई रोक्न भनी मेयर शाहले बिहानैदेखि कार्यालय परिसरमा नगर प्रहरी परिचालन गरेका थिए। तर कर्मचारीहरूको समूहले प्रहरीको अवरोध पन्छाउँदै गुरागाईंलाई कार्यालय छिराएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad