राजनीति


मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति

मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
चैत २०, २०८१ बुधबार १८:२२, काठमाडौँ

राजावादी आन्दोलनमा हिंसात्मक गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतले बुधबार मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

आइतबार पहिलो पटक ४१ जना, मंगलबार १८ जना र आज थप ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

यसअघि चैत १७ गते अदालतले पक्राउ परेका सबैलाई अदालतले ५ दिन म्याद थप गरेको थियो।

उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यस्तै, मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान गरिने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन्।

चैत १५ गते (शुक्रबार) तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनका क्रममा हत्या, लुटपाट, आगजनी र तोडफोड भएका थिए।

सो घटनामा संलग्न रेहेको आरोपमा प्रहरीले शुक्रबार बेलुका नै मिश्र र राणालाई पनि नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad