चिनियाँ धनाढ्य ज्याक माँले नेपाललाई प्रदान गरेका कोरोना महामारीको आपतकालिन रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइएको छ।
नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीका अनुसार ज्याक माँ फाउण्डेसन र अलिबाबा फाउण्डेसनबाट नेपाललाई प्रदान गरिने सामग्रीमध्ये यो पहिलो खेप आइपुगेको हो।
‘परिक्षण किट लगायतका अरु पनि छिटै आउँदैछन्,’ राजदूतले ट्विटमा लेखेकी छन्।
सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय इन्भेष्टमेन्ट ग्रुप र चिनियाँ दूतावासद्वारा प्रदान गरिएको व्यक्तिगत सुरक्षा कवच (पीपीई), थर्मोमिटर लगायतका आपतकालिन सामग्री लिएर आएको जहाजसँगै ज्याक माँद्वारा प्रदान गरिएका सामान पनि ल्याइएको उनले बताएकी छन्।
चिनियाँ दूतावासको सक्रिय संयोजनमा यी सामग्री ल्याइएको हो।
कोरोना भए नभएको परिक्षण र संक्रमणको आशंका भएका व्यक्तिको परिक्षण तथा संक्रमितहरुको उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले लगाउनै पर्ने सुरक्षा कवच (पीपीई) लगायतका अत्यावश्यक सामग्रीको अभाव हुँदा आपतकालिन कामहरु समेत प्रभावकारी हुन नसकिरहेका बेला यी सामग्री ल्याइएको हो।
— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 28, 2020The first batch of emergency epidemic prevention materials including masks donated by Jack Ma Foundation and Alibaba Foundation will also arrive on the same flight. Others like testing kits are coming soon! #ChinaNepalSolidarity pic.twitter.com/6o5WZuJ2ps
Through active coordination of the Embassy, the emergency materials including PPEs and thermometers donated by Sichuan Provincial Government, Sichuan Provincial Investment Group and Chinese Embassy have departed from Guangzhou and will arrive soon! #ChinaNepalSolidarity pic.twitter.com/PUjOxVXWJO
— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 28, 2020
प्रतिक्रिया