राजनीति


सरकार तीनकुने घटनाझैँ मविरुद्धको पर्साको मुद्दा लुकाएका छौँ भन्ठान्छ: रवि लामिछाने

सरकार तीनकुने घटनाझैँ मविरुद्धको पर्साको मुद्दा लुकाएका छौँ भन्ठान्छ: रवि लामिछाने

नेपालखबर
चैत १९, २०८१ मंगलबार १२:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भनेर भ्रम फैलाएको आरोप लगाएका छन्।

मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटपछि सञ्चारर्मीको जिज्ञासामा लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए।

'अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ। तर, सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झुन्ड्याइरहेको छ,' उनले भने, 'मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन। सबै थाहा छ, जगजाहेर छ । सरकार छोपेका छौँ भन्छ, हामी नांगो देखिरहेका छौँ। सरकार छोपेँ भन्ठान्छ, यही तीनकुनेले छोपेको जस्तो। नांगो भइसक्यो, देखिएको छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad