कोशी


सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते

सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते

प्रतीकात्मक तस्बिर


नेपालखबर
चैत १९, २०८१ मंगलबार १२:४९, विराटनगर

सुनसरीको इनरुवामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकलमै सवार महिला घाइते भएकी छन्।

सोमबार राति पूर्वपश्चिम राजमार्गको सुनसरीको इनरुवा नगरपालिका-६ खण्डमा विराटनगरबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका हरिनगर गाउँपालिका-३ का ४६ वर्षीय महेशकुमार मेहताको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि बसेकी सुनसरी देवानगन्ज गाउँपालिका-२ का ५७ वर्षीय गुगली मेहता गम्भीर घाइते भएकी छन्।

बस चालक सूर्यनारायण चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad