जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटिपूर्ण रहेको भन्दै पुनःलेखन गर्नुपर्ने बताएका छन्।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपाली कांग्रेस-कम्युनिस्टहरूको व्यवस्था र संविधानप्रति प्रतिबद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको बताएका हुन्।
‘कांग्रेस–कम्युनिष्टहरूको प्रतिवद्धता नदेखिनु पनि कमजोरी भएको छ। आफैँ ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरि टिक्छ?,' उनले भने, 'अर्को, यो संविधान नै त्रुटिपूर्ण छ। संविधानलाई संशोधन गरेर पुनःलेखन गर्ने कुरा छ। संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ। सरकार समेत बलियो भएर भ्रष्टाचार
नियन्त्रण हुनुपर्छ। जनताका चाहानाहरू र आवश्यकताहरू पूरा गरेमात्र व्यवस्थाको रक्षा गर्न सकिन्छ। प्रदेशहरूलाई समेत अधिकार सम्पन्न गर्न ढिलो गर्नु हुँदैन।’
संविधानले समावेशी राज्य व्यवस्थाको परिकल्पना गरेको भएपनि राज्यका निकायहरूमा एउटै जाताजातीको हालिमुहाली रहेको अध्यक्ष यादवको भनाइ छ।
Shares

प्रतिक्रिया