राजनीति


जनता मर्न तयार छन् तर कसैको जुत्तामा पालिस गर्न तयार छैनन्: राजकिशोर यादव

जनता मर्न तयार छन् तर कसैको जुत्तामा पालिस गर्न तयार छैनन्: राजकिशोर यादव

नेपालखबर
चैत १८, २०८१ सोमबार १३:३४, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका प्रथम उपाध्यक्ष राजकिशोर यादवले गणतन्त्रलाई जनताको बनाउन आवश्यक रहेको बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यादवले कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।  

उनले अहिलेका जनता मर्न तयार हुने तर कसैको रैती बन्न तयार नहुने पनि बताए।  'गणतन्त्रलाई जनताको बनाउ, कमजोरी सुधारेर अघि बढौँ। अहिलेको जनता मर्न तयार छ तर, कसैको रैती बन्न वा जुत्तामा पालिस गर्न तयार छैन' उनले भने। 

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनलाई आन्दोलन भन्न नसकिने पनि उनको भनाइ छ। 

'त्यो घटनालाई कुनैपनि एंगलबाट आन्दोलन थियो भन्न सक्ने आधार छैन। त्यो कहालीलाग्दो अराजकता र लुटपाट मनसायबाट गरिएको कुकृत्य थियो,' उनले भने, 'सरकारले निर्मम भएर त्यो दिनको घटनामा देखिएका सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ।'

उनले सरकारलाई प्रश्न गर्दै थपे,'सरकार थियो ? यो प्रकारको उदासिनता। त्यो दिनको घटना हेर्ने हो भने प्रमुख शसक्तहरुको कार्यक्रम गर्ने अनुमति कसले दियो।' तीनकुनेमा जुन जग्गा, ठाउँ चयन गरिएको छ। त्यो नजिकैको पेट्रोल पम्पमा आगो लागेको भए हामी कहाँ हुन्थ्यौ?' त्यो दिन गृहप्रशामसन कहाँ थियो?'

प्रशासनले कमजोर सूचना राखेको भन्दै उनले आपत्ति जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad