राजनीति


कुलमानलाई हटाइएको बारे प्रधानमन्त्रले भने: सामान्य कर्मचारीको विषयमा किन अल्झनु?

कुलमानलाई हटाइएको बारे प्रधानमन्त्रले भने: सामान्य कर्मचारीको विषयमा किन अल्झनु?

नेपालखबर
चैत १८, २०८१ सोमबार १२:२५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताएका छन्। उक्त विषय संसद् अवरोधको कारक बन्न उचित नहुनेमा उनले जोड दिए।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्ष सांसदले जवाफ माग गरेका थिए। विपक्षीका प्रश्नको सोमबार (चैत १८) प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रीप्रति लोयल्टी (इमानदारिता) नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया भएको दोहोर्‍याए।

'मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो,' उनले भने,'देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad