प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै प्रतिपक्षले केही दिनयता लगातार अवरोध गरिरहेको संसद् बैठकमा आज उनी उपस्थित भएसँगै बैठक सुरु भयो।
प्रधानमन्त्री ओलीले बोल्न थाले। उनले आफ्नो भोलिदेखि हुने थाइल्यान्ड भ्रमणबारे संसद्लाई जानकारी पनि गराए।
त्यसपछि उनले पोखराबाट पूर्वराजा काठमाडौं आउँदा भएको स्वागतबारे टिप्पणी गरेपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ओलीको तथाकथित शब्दमा नियमापत्ति जनाए।
त्योलगत्तै एमालेका सांसदहरु उठे। त्यसपछि सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले संसद् नियमावलीमा प्रधानमन्त्री बोल्दै गर्दा अवरोध गर्ने अधिकार नभएको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरे।
यो सबै हुँदै गर्दा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने शान्तप्राय: देखिए। उनी बेला बेला प्रधानमन्त्री ओलीको भनाइमा टेबल ढपढपाइरहेका थिए। देउवा टाउको हल्लाउँदै बसे।
बैठकमा एमाले र राप्रपाका सांसद उभिरहँदा देउवा भने हात बाँधेर कुम हल्लाउँदै बसिरहेका थिए। अहिले संसद् बैठक चलिरहेको छ। सांसद विश्वप्रकाश शर्मा बोलिरहेका छन्।
Shares

प्रतिक्रिया