राजनीति


राजतन्त्रले टाउको उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउनु जस्तै हो: विष्णु पौडेल

राजतन्त्रले टाउको उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउनु जस्तै हो: विष्णु पौडेल

नेपालखबर
चैत १७, २०८१ आइतबार १८:२२, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउनु जस्तै भएको टिप्पणी गरेका छन्।  

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने दाबी गरेका हुन्। 

‘समाप्त भएको राजतन्त्र जसरि आज शिर उठाउने कोशिस गर्दैछ यो वास्तवमा मसानघाटबाट मुर्दालाई ब्युताउँने कोशिस जस्तै हो,' उनले भने, 'नेपालमा राजतन्त्र कहिल्लै पनि फर्कन सक्दैन। नेपालमा राजतन्त्र कहिल्लै पनि शासनसत्तामा आउन सक्दैन। यो कुरामा हामीले कुनैपनि दुविधा राख्नु हुँदैन।'

राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि विदा भएर गएको उनको भनाइ छ। 

उनले राजतन्त्रको विद्रुप अनुहार गत शुक्रबार सडकमा देखिएको टिप्पणी गरे। उक्त आन्दोलनले राजावादीहरू हिंसा, आतंक, लुटपाट र नागरिकको मौलिक हकको विरुद्धमा रहेको देखिएको बताए।

उनले गणतन्त्रवादी दलहरूलाई जनताको बलमा स्थापितसंघीय लोकतान्त्रिक गणतन्त्र लाई बलियो बनाएर अघि बढ्ने अभिभारा रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad