राजनीति


राजावादीले आफ्नो चरित्र देखाए: गृहमन्त्री लेखक

राजावादीले आफ्नो चरित्र देखाए: गृहमन्त्री लेखक

नेपालखबर
चैत १७, २०८१ आइतबार १८:२८, काठमाडौँ

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजावादी वा राजाको शासन पुनः ल्याउँछौँ भन्नेहरूले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको बताए।

उनले घरभित्र मानिस रहेको जानकारी हुँदाहुँदै पनि बाहिरबाट आगो लगाइएको बताए।

उनले देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने चरित्र राजावादीहरुले देखाएको बताए।

‘राजावादी मानिसहरुले, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भन्ने मानिसहरुले राजाको शासन कस्तो हुन्छ भन्ने चरित्र देखाइसक्नुभएको छ,' उनले भने, 'घरभित्र मानिस छन्, यो घरमा मानिस छन् भन्ने थाहा छ, तर घर बाहिरबाट आगो लगाइएको छ । के का लागि लगाइएको छ भन्दा हामी राजाका समर्थक हौँ, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ। यो हो चरित्र।’

गृहमन्त्री लेखकले लोकतन्त्र नहुँदा सञ्चार जगत त्रसित हुने जिकिर गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad