नेकपा एमालेका सांसद रघुजी पन्तले वर्तमान संविधानको कार्यान्वयन र रक्षाका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन्।
आइतबार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदमा सबैले बोल्न पाउने संवैधानिक हक भएको स्पष्ट पारे। सांसद पन्तले प्रतिपक्षले संसद अवरुद्ध गरेकाले तीनकुनेमा भएको घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिन नपाएको बताए।
उनले प्रतिपक्षले जे विषय उठाएर संसद अवरुद्ध गरेका छन् उक्त विषयमा दम र आधार नभएको आरोप लगाए।
प्रधानमन्त्रीले संसदमा जवाफ दिन आउँछु भन्दा भन्दै विपक्षीले संसद अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ।
उनले भने, ‘प्रतिपक्षले बोल्न उठाएको कुरामा उस्को आवाजमा पनि दम र आधार हुनुप/\=यो नि। १५ गतेको दिन यत्रो ठूलो घटना भएको छ काठमाडौँमा, त्यो घटनाका बारेमा आज संसदमा आएर देशलाई जानकारी दिन पाउनुपर्छ कि पर्दैन गृहमन्त्रीले? प्रधानमन्त्रीले त भनी सक्नुभयो भोलि आउँछु भनेर १८गते। प्रधानमन्त्रीले आउँछु भन्दा भन्दै हाउस यसरी रोक्नु उचित भएन, हाउस चलाऔँ, १५ गतेको घटनाबारे गम्भीरतापूर्वक छलफल गरौँ।’
उनले पूर्वराजाको नेतृत्व र निर्देशनमा तीनकुने घटना भएको दाबी गर्दै त्यसबारेमा संसदमा छलफल गरेर प्रष्ट र साझा धारणा बनाउनुपर्नेमा जोड दिए।
सांसद पन्तले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रमुख प्रतिपक्षको माग संविधानसम्मत र प्रतिनिधि सभा नियमावली अनुरुप नभएको दाबी गरे।
Shares

प्रतिक्रिया