कारोबार


हुलदङ्गाका कारण भएका क्षतिको बिमा दाबी यथाशक्य छिटो फर्छ्योट गर्न प्राधिकरणको निर्देशन

हुलदङ्गाका कारण भएका क्षतिको बिमा दाबी यथाशक्य छिटो फर्छ्योट गर्न प्राधिकरणको निर्देशन

नेपालखबर
चैत १७, २०८१ आइतबार १६:४९, काठमाडौँ

नेपाल बिमा प्राधिकरणले यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बिमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजीकरण गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ।

प्राधिकरणले परेको दाबी यथाशक्य छिटो फर्छ्योट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो।

प्राधिकरणले चैत १५ गते भएको हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्योट गर्न आज सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको जनाएको छ। 

यसैगरी, काठमाडौं उपत्यकामा चैत १५ गते भएको हुलदङ्गाका कारणले भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगल फर्मको लिङ्कमार्फत साप्ताहिकरूपमा प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेस गर्न पनि सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिइएको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad