प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
आज साँझ ७ बजे सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनको निजी सचिवालयले बताएको छ।
पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूलाई बोलाइएको छ।
बर्तौलाले नेपालखबरसँग भने, ‘कांग्रेस सभापतिज्यू उपत्यकाबाहिर हुनुहुन्छ। साँझ फर्किनुहुन्छ भन्ने खबर आएको छ। त्यसपछि बैठक बस्छौँ।’
शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपल्टै एकै ठाउँमा बस्न लागेका हुन्।
645
Shares

प्रतिक्रिया