राजनीति


सटरबाट लुसुक्क निस्किएर गाडी चढी भागेका थिए दुर्गा

सटरबाट लुसुक्क निस्किएर गाडी चढी भागेका थिए दुर्गा

फाइल तस्बिर: दुर्गा प्रसाईं


नेपालखबर
चैत १६, २०८१ शनिबार १६:२४, काठमाडौँ

शुक्रबार काठमाडौँको तीनकुनेमा हिंसा मच्चाएर भागेका राजावादीका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।

उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

यसबीच प्रहरीले उनी शुक्रबार साँझ ललितपुरको इमाडोलमा बस्ने कथित धर्मगुरु पुष्कर खतिवडाकहाँ पुगेकोसम्म सूचना पाएको छ। तर त्यहाँबाट उनी कहाँ गए भन्ने कुरा यो खबर लेख्दासम्म पत्ता लाग्न सकेको छैन। खतिवडालाई भने प्रहरीले आजै बिहान नियन्त्रणमा लिइसकेको छ।

उनले पनि दुर्गा कहाँ गए भन्ने विषयमा अहिलेसम्म केही बताएका छैनन्। 

यसैबीच दुर्गा प्रसाईं भीडलाई हिंसाका लागि उक्साएर आफूचाहिँ सटरमा लुक्दै फरार भएको खुलेको छ।

उनी सटरबाट निस्केर गाडी चढी भागेको भिडिओ अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ। 

काठमाडौँको तीनकुनेमा प्रसाईंले प्रहरीलाई नै किचौँलाझैँ गरी आफ्नो गाडी निषेधित क्षेत्रमा अघि बढाएपछि अराजकता मच्चिएको थियो।

राजावादी अराजक झुन्डले तीनकुने क्षेत्रका दर्जनभन्दा बढी भवनमा तोडफोड, आगजनी गरेको छ। यस क्रममा उनीहरूले सञ्चारगृहमा समेत आक्रमण गर्दै व्यापारिक प्रतिष्ठानमा लुटपाटसमेत गरेका छन्। 

घटना गराउन भूमिका खेलेको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा, राजावादी समूहका प्रवक्ता स्वागत नेपाललाई शुक्रबार नै पक्राउ गरिसकेको छ। 

अहिलेसम्म पक्राउ पर्नेको संख्या सय नाघिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad