राजनीति


धवल शमशेर पक्राउ परेको सूचना संसद् सचिवालयमा

धवल शमशेर पक्राउ परेको सूचना संसद् सचिवालयमा

नेपालखबर
चैत १६, २०८१ शनिबार १३:४१, काठमाडौँ

संसद् सचिवालयमा राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवल शमशेर राणा पक्राउ परेको सूचना पुगेको छ।

संसद् सचिवालयका अनुसार सांसद राणा पक्राउबारे सूचना प्राप्त भएको हो। 

शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शन अराजक र हिंस्रक हुँदै विध्वंश मच्चाएपछि राणालाई प्रहरीले त्यही बेलुका पक्राउ गरेको हो।

प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद् सचिवालयलाई दिएको हो।

सांसद पक्राउ परेको सूचना सभामुखलाई दिनुपर्ने संविधानको धारा १०३ को उपधारा ३ मा व्यवस्था छ।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावलीअनुसार सभामुखले संसद्‌मा जानकारी दिनुपर्छ।

संसद् बैठक नभएको अवस्थामा सांसद पक्राउ परेको सूचना संसद् सचिवालयले सूचनापाटीमा टाँस्नुपर्छ।

प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad