मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।
बैठक जारी रहेकै बेला चारवटै सुरक्षा निकायका प्रमुख पनि बालुवाटार पुगेका छन्।
नेपाली सेनाका प्रमुख अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बालुवाटार पुगेका हुन्।
शुक्रबार दिउँसो काठमाडौँको तीनकुने क्षेत्रमा राजावादीको अराजक जत्थाले तोडफोड र आगजनी गरेको थियो। तीनकुने क्षेत्र तनावग्रस्त भएपछि काठमाडौँ प्रशासनले शनिबार बिहान ७ बजेसम्मका लागि यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
आजको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ। अराजक हुलले व्यक्ति र सरकारी संरचनामा पनि आगजनी र तोडफोड गरेर क्षति पुर्याएको छ।
यसअघि गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सुरक्षा रणनीति परिवर्तन गर्ने जनाउ दिएको थियो।
Shares

प्रतिक्रिया