नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको ‘हत्या’ को विरोधमा शनिबार विरोध सभा गर्ने भएको छ।
पत्रकार महासंघको स्थापना दिवसका अवसरमा शनिबार (चैत १६ गते) विहान ८ बजे माइतीघर मण्डलामा भेला भएर विरोध तथा शोक सभा गर्ने महासंघले जनाएको छ।
यस्तै, महासंघले स्थापना दिवसका अवसरमा भोलिको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
‘स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध शभाको रूपमा मनाउने’ महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
यसैगरी भोलिका लागि महासंघका उपत्यका बाहिरका प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सम्पूर्ण कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरेबमोजिम गर्न समेत महासंघले अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया