म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १४४ जनाको मृत्यु भएको छ भने ७३० भन्दा बढी घाइते भएको देशको सैन्य सरकार प्रमुखले बताएका छन्।
स्थानीय समयानुसार शुक्रबार दिउँसो १२ बजेतिर म्यानमारको दोस्रो ठूलो सहर मन्डलेनजिकै केन्द्रबिन्दु भएर ७.७ म्याग्निच्युडको भूकम्प गएको हो। यसको केही मिनेटपछि पुन: ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पका कारण धेरैवटा भवन, पुल र बाँध भत्किएका छन्।
म्यानमारमा गएको भूकम्पको धक्का छिमेकी मुलुक थाइल्यान्डमा समेत महसुस गरिएको छ। त्यहाँ पनि धनजनको क्षति भएको बताइएको छ।
म्यानमारमा भूकम्प जाँदाको एक दृश्य-
Bangkok earthquake right now #bangkok #earthquake #bkknews #bkk #แผ่นดินไหว #deprem #myanmar
Myanmar'da 7.7 şiddetinde deprem meydana geldi... pic.twitter.com/9TtEGNutfg — Night Haber (@NightHaberAjans) March 28, 2025
Shares

प्रतिक्रिया