राजनीति


राजावादीको प्रदर्शनमा धकेलाधकेल (फोटो फिचर)

राजावादीको प्रदर्शनमा धकेलाधकेल (फोटो फिचर)

सौगात दाहाल
चैत १५, २०८१ शुक्रबार १२:३५, काठमाडौँ

काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी समर्थकको प्रदर्शनमा नेपाल प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ। 

राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ। प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्‍याली निकालेको छ।  

प्रदर्शनकारीलाई प्रहरीले तीनकुनेमै रोक्न खोजेपछि झडप भएको हो। प्रदर्शनकारी भने प्रहरीको बार तोडेर बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा पनि हानेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad