राजनीति


प्रचण्डलाई ओलीको जवाफ: प्रधानमन्त्रीले जवाफ दिइसक्यो, एउटा हटायो, अर्को नियुक्त गर्‍यो

प्रचण्डलाई ओलीको जवाफ: प्रधानमन्त्रीले जवाफ दिइसक्यो, एउटा हटायो, अर्को नियुक्त गर्‍यो

प्रचण्ड, केपी ओली र कुलमान घिसिङ


नेपालखबर
चैत १४, २०८१ बिहिबार ९:२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राेस्ट्रममा उभिएर जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेर बाहिरिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्रीले आएर रोस्ट्रममा जवाफ नदिएसम्म हाउस (संसद्) चल्न सक्दैन हामीले भनेका छौँ।’ 

तर प्रधानमन्त्री ओलीले यस विषयमा संसद्‌मा जवाफ नदिने संकेत गरेका छन्। 

बुधबार उनले एक कार्यक्रममा भनेका छन्, ‘प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्‍यो रे! दिइसक्यो प्रधानमन्त्रीले जवाफ। सिद्धिसक्यो। अब कहाँ पार्लियामेन्ट (संसद्) जवाफ दिइरहनु! थाहा पाइएन? एउटा हटायो, अर्काे नियुक्त गर्‍यो सिध्यो। सरकारले एउटा कर्मचारी निकाल्यो अरे, ठूलो घाटा परेको छ कसैलाई छाती पिटीपिटीकन रोएका छन्। एउटा कर्मचारीलाई कारबाही गर्‍यो रे सरकारले। त्यसको विधि अर्काे होला नि! पार्लियामेन्ट बन्द गर्‍या छ। देशमा प्रगतिशील शक्तिहरू जनताहरू निदाएर बसेका छन्। यही निदाएका बेला धेरै उपद्रव गर्न सकिन्छ भन्ने केहीले सोच्या छन् र देशलाई प्रतिगमनतर्फ फर्काउने पनि कतिले सपना देख्या छन्।’

कुलमान प्रकरणकै कारण बुधबार स्थगित गरिएका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका बैठक आजका लागि पनि बोलाइएका छन्। 

तर सरकार र प्रतिपक्षीका अडानले आज पनि बैठक सञ्चालन सम्भावना देखिन्न। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad