‘कसले, कुलमान घिसिङले भन्या? खोइ हाम्रो सरकारलाई थाहा छैन! मैले के भन्छु, त्यो कुरा सुन्नु न।’
सोमबार (चैत ११ गते) साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट बाहिरिएपछि पत्रकारले कुलमानलाई हटाएको हो भनेर प्रश्न गर्दा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जवाफ हो माथिको पंक्ति।
तिनै सञ्चारमन्त्री गुरुङले आज (चैत १२ गते) मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भने, 'नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णय भएको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य (ललितपुर) लाई नियुक्त गर्ने निर्णय पनि भएको छ।'
यसरी सञ्चारमन्त्री गुरुङले सोमबार साँझ झुट बोलेको प्रमाणित भएको छ।
कुलमान हटाइएकामा सडकमा विरोध प्रदर्शन सुरु भइसकेको छ भने विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मंगलबार पदबहाली गरिसकेका छन्।
Shares

प्रतिक्रिया