कारोबार


अमेरिकी डलर, अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

अमेरिकी डलर, अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

नेपालखबर
चैत १३, २०८१ बुधबार ५:०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  युरोको मूल्य भने घटेको छ। 

विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको थियोे। 

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा छ। हिजो युरो १ को खरिददर १४८ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा थियो।  

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ र बिक्रीदर ८६ रुपैयाँ ९१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ११ र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा थियो। 

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ छ। हिजो कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५० पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad