नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका रमन श्रेष्ठले प्रतिबद्धता सार्वजनिक गरेका छन्। सोमबार उनले ८ पृष्ठको प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
श्रेष्ठको प्रस्तावकमा वरिष्ठ अधिवक्ता शम्भु थापा छन्। समर्थकमा वरिष्ठ अधिवक्ता सुशील पन्त छन्। श्रेष्ठको प्यानलमा उपाध्यक्षहरू कोशीमा कर्णबहादुर थापा, मधेसमा प्रमोद प्रसाद, बागमतीमा डेकेन्द्रप्रसाद सुवेदी, गण्डकीमा सुकदेव गौतम, लुम्बिनीम तीर्थराज ज्ञवाली, कर्णालीमा धर्मराज न्यौपान र सुदूरपश्चिममा पदमराज शर्मा छन्।
त्यस्तै महिला उपाध्यक्षमा दीना श्रेष्ठ उम्मेदवार छिन्। महासचिव यज्ञमणि न्यौपाने छन्। कोषाध्यक्षमा दीपक राई उम्मेदवार बनेका छन्। कानुन व्यवसायी समूहका तर्फबाट १४ जना सदस्य उम्मेदवार छन्। श्रेष्ठको पक्षमा ९८ वर्षका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी मूल निर्वाचन परिचालन समितिको संरक्षक बनेका छन्।
भण्डारीसहित ५५१ जनाको निर्वाचन परिचालन समिति बनाइएको छ।
यसैगरी, वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलको संयोजकत्वमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, डा.सुरेन्द्र भण्डारी, सतीशकृष्ण खरेल अधिवक्ताहरू स्वागत नेपाल, दीपेन्द्र झासहित २० सदस्यीय सल्लाहकार समूह गठन गरेका छन्।
बार एसोसिएसनको चैत २३ गते चुनाव हुँदैछ। सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले बारमा चुनावी तालमेल गरेपछि श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
Shares

प्रतिक्रिया