कारोबार


नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी

नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी

नेपालखबर
चैत ११, २०८१ सोमबार १८:३१, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। नागरिक उड्डयनको क्षेत्रमा कुनैपनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको उनको दाबी छ। 

उनले उडड्यनको क्षेत्रलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको बताए। धेरै वटा देशहरूबाट सिधा उडानको प्रस्ताव अएको उल्लेख गर्दै मन्त्री पाण्डेले १० वटा वाइडबडी र १० वटा न्यारोबडी थप्नुपर्ने बताए।

उनले सबैतिरबाट ध्वजावाहक जहाज नै चढ्न खोज्दा समस्या भएको जिकीर गरे।

मन्त्री पाण्डेले भने, ‘नागरिक उडड्यनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारु बनाउने सन्दर्भमा हामी गहन छलफलमा छौँ। कुनैपनि बेला नतिजा आउने गरी हामी छलफलको तदारुकतामा छौँ। अब प्लेन नथपिकन कुनै उपाय नै छैन। १० वटा वाइडबडी र १० वटा न्यारोबडी  भइदिएमात्र सञ्चालन गर्न सजिलो हुन्छ। सबैतिरबाट सिधा उडानको लागि प्रस्ताव आएका छन्। जुनसुकै देशले पनि ध्वजा वाहक नै चढ्न खोज्ने रहेछन्। नेपालीले त खोज्ने नै भयो अरुले पनि सम्बन्धित देशमा जाँदा त्यो देशको ध्वजावाहक भयो भने ढुक्क अनुमति गर्दो रहेछ।’

उनले लिजमा जहाज लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताए। उड्डयनको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नेगरी सरकार हवाई नीति ल्याउने तर्खरमा रहेको समेत बताए। विदेशी तथा स्वदेशी एयरलाइन्सहरुबीच टिकटमा देखिएको असमानता हटाउनको लागि समेत आवश्यक अध्ययन उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad