अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा रुद्रहरि पोखरेल निर्वाचित भएका छन्। आज आइतबार विद्युतीय माध्यमबाट भएको मतदातपछिको गणनामा एमालेनिकट अनेरास्ववियुका पोखरेलको प्यानल नै निर्वाचित भएको हो।
कूल १९४८ मतदाता रहेको अस्कल क्याम्पसमा १२९१ मत खसेको थियो।
पोखरेलले माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीका विश्राम पौडेललाई २३६ मतान्तरले पराजित गरे। स्ववियुको सचिवमा गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला निर्वाचित भएका छन्।
1.1k
Shares

प्रतिक्रिया