ग्लोबल


ट्रम्पले भन्सार महसुल थप्नुअघि चीनले भन्यो : जुनसुकै झट्काका लागि तयार छौँ

ट्रम्पले भन्सार महसुल थप्नुअघि चीनले भन्यो : जुनसुकै झट्काका लागि तयार छौँ

नेपालखबर
चैत १०, २०८१ आइतबार १८:८,

चीनले जस्तोसुकै ‘अनपेक्षित झट्का’का लागि आफूहरू तयार भएको बताएको छ। 

चिनियाँ अर्थतन्त्रको कमान्ड सम्हालेका प्रधानमन्त्री ली छ्याङले आइतबार बेइजिङमा भेला भएका विदेशी व्यावसायीहरूमाझ यस्तो बताएका हुन्। उनले अस्थिरता र अनिश्चितता बढ्दै गए पनि चीनले विश्वव्यापीकरण र बहुपक्षीयतावादको सही मार्ग चुन्ने बताए।

‘हामीले सम्भावित अनपेक्षित झट्काका लागि तयारी गरेका छौँ। जुन झट्का पक्कै पनि बाह्य स्रोतबाट आउने छ,’ उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अप्रिल २ मा थप भन्सार महसुल लगाउने अपेक्षा गरिएको छ। यसअघि पनि उनले चिनियाँ सामानमा महसुल लगाइसकेका छन्।  

यतिबेला चीन सरकारले उपभोक्ता र लगानीकर्ताको मनोबल बढाउने कोसिस गरिरहेको छ। अर्कोतिर, अमेरिकाले लगाएको भन्सारको बदलामा लागू गर्ने उपायहरूको तयारी पनि गरिरहेको छ।

व्यापार युद्धको सम्भावनाबाट कम्पनीहरू र मुलुकहरू त्रसित छन्। ट्रम्पले सत्ता सम्हालेयता अमेरिका र चीनबीच उच्चस्तरीय वार्ता विरलै भएको छ। ट्रम्प र सी चिनफिङबीच एकपटक फोनवार्ता भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad