राजनीति


थुनुवालाई मापदण्ड बमोजिम हिरासतमा राखेका छौँ : प्रहरी महानिरीक्षक थापा

थुनुवालाई मापदण्ड बमोजिम हिरासतमा राखेका छौँ : प्रहरी महानिरीक्षक थापा

नेपालखबर
चैत १०, २०८१ आइतबार १८:६, काठमाडौँ

प्रहरी महानीरिक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभुति हुनेगरी व्यवस्थापन गरेको बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले हिरासतमा रहेका व्यक्तिहरुलाई आधारभूत आवश्यकता अन्तर्गत गास, बास र कपासको व्यवस्थापन गरेको बताए। 

उनले थुनुवाहरुलाई भौतिक संरचनाको मापदण्ड बमोजिम हिरासतमा राखिएको दाबी गरे। उनले देशभरका विभिन्न स्थायी तथा अस्थायी इकाइहरुबाट अभियुक्तमाथि मुद्दा चलाउने गरेको बताए। 

प्रहरीको कतिपय इकाइमा भौतिक संरचना नभएका कारण थुनुवा राख्न समस्या रहेको उनको भनाइ छ।

उनले भने, ‘समग्रतामा हाम्रो भौतिक पूर्वाधारकै कुरा गर्दा अहिले बनेका भौतिक पूर्वाधारका कुरा गर्दा नयाँ बनेका विल्डिङहरुमा हामीले अहिलेको मापदण्ड बमोजिम हिरासतमा राख्ने, हिरासतमा रहने व्यक्तिहरुलाई, संकेतहरुलाई मानवअधिकारको पूर्ण रुपमा प्रत्याभूति हुनेगरी गाँस, बास र कपासको बेसिक निडका कुरालाई हामीले व्यवस्थापन गरेका छौँ, राज्यले गरेको छ र नेपाल प्रहरी  नियुक्त छन् तर त्यस्ता प्रहरी इकाइमा त छन् तर हामीसँग २६ सय एक स्थायी संरचना छन् अस्थायी पनि छन् र २४२ वटा युनिटहरु मुद्दा चल्ने युनिट पनि छन्। १०३९ युनिटमा हाम्रो भवन पनि छैन। भवन नै नभएको ठाउँमा पनि हामीले मानिस लिनुपर्‍यो, नियन्त्रणमा लिनुपर्‍यो त्यहाँ हामीलाई समस्या परेको छ।’

महानीरिक्षक थापाले गृहमन्त्रीको अग्रसरतामा देशभर लागुऔषध नियन्त्रण सम्बन्धी महाअभियान सञ्चाल भइरहेको बताए। देशभर सक्रिय लागुऔषध कारोबारीको ठूलो संख्या प्रहरीले पक्राउ गरेर अनुसन्धान र कारबाही भइरहेको उनको भनाइ छ।                   

उनले भने, ‘गृहमन्त्रीको अग्रसरतामा उनकै प्रमुख आतिथ्यतामा हामीले लागुऔषध सम्बन्धी लागुऔषध नियन्त्रण सम्बन्धीको महाअभियान भनेर चलाएका छौँ काठमाडौंमा। र त्यो महाअभियानलाई देशव्यापी रुपमा लिएर गएका छौँ। सिज एण्ड सिजर र कारोबारीहरुलाई व्यापक रुपमा हामीले पक्राउ गरेका छौँ।’

महानीरिक्षक थापाले देशभरका अधिकांश जिल्ला प्रहरी कार्यालय र हिरासत भवनको अवस्था दयनीय भएको बताए। भौतिक निर्माणका लागि वार्षिक रुपमा सरकारले उपलब्ध गराउने बजेटले भवन निर्माण गर्ने हो भने ३० वर्ष लाग्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad