राजनीति


विवाहको उमेर घटाउने कि ‘रोमियो जुलियट ल’ पछ्याउने छलफलमा छौँ : गृहमन्त्री लेखक

विवाहको उमेर घटाउने कि ‘रोमियो जुलियट ल’ पछ्याउने छलफलमा छौँ : गृहमन्त्री लेखक

नेपालखबर
चैत १०, २०८१ आइतबार १७:३२, काठमाडौँ

गृहमन्त्री लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताए।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विवाहको उमेर १८ वर्ष बनाउने वा रोमियो जुलियट ल इण्ट्रड्युक्स गर्नेबारे छलफल भइरहेको बताए। 

‘रोमियो जुलियट ल’ मा १६ देखि १८ वर्षबीचको उमेरमा शारीरिक सम्बन्ध भयो भने प्रेम सम्बन्धका रुपमा व्याख्या गरी विभिन्न देशमा अभ्यास पनि भइरहेको उनको भनाइ छ।

उनले भने, ‘मन्त्रिपरिषद्‍मा बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक तयार भएको छ।  त्यो संशोधन विधेयकमा विवाहको उमेर घटाउने हो  कि भनेर हामी छलफल गरी रहेका छौँ। हजुरहरुको पनि धारणा त्यसअनुरुप आएको हुनाले अब यसमा दुई वटा उपाय छन्। दुई वटा उपाय के छ भने एउटा विवाहको उमेर घटाउने कुरा छ, यस्लाई १८ मा लैजाऔँ भन्नेकुरा छ र अर्को चाहिँ इन्टरनेश्नल प्राक्टिस चाहिँ रोमियो जुलियट ल इन्ट्रड्युक्स गर्ने हो कि भन्ने पनि छ। धेरै ठाउँमा त्यो कानूनलाई एप्लाइ गरेको छ। रोमियो जुलियट लले के भन्छ भने जस्तो १८ वर्षको विवाहको उमेर तोक्यो मानौँ, १६ वर्ष र १८ वर्षको बीचमा पनि उनीहरुको शारीरिक सम्बन्ध भयो भने त्यसलाई पनि रेप आदि इत्यादि मान्नु मिल्दैन है यो त एक्स्क्युजएबल हो, एउटा प्रेमवत सम्बन्धले त्यो ठाउँमा पुर्‍यायो भन्ने खालको कन्सेप्ट रोमियो जुलियट लमा छ र केही देशले यो एप्लाइ गरेका छन्।’

गृहमन्त्री लेखले समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने  प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad