ओप्पो ए५ प्रो नेपालमा सार्वजनिक भएको छ।
गत शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको यो फोन पानी र धूलो प्रतिरोधी रहेको कम्पनीले उल्लेख गरेको छ।
यो फोन आइकोनिक लाइटवेट (हलुका) र अल्ट्रा स्लिम (पातलो) डिजाइनमा छ। यो फो आईपी६९ मा बनाइएको छ। जसले पानी र धूलो छिर्न नदिने कम्पनीले उल्लेख गरेको छ।
एआई लिंकबुस्ट राखिएको फोनमा ३६० डिग्री सराउन्ड एन्टेना सुधारिएको पाउन सकिन्छ।
क्वाल्कम स्न्यापड्रागन ६एस फोरजी जेनेरेसन १ मोबाइल प्लेटफर्ममा बनेको यो फोन ८ जीबी ¥याम र २५६ जीबी स्टोरेजमा छ। कलरओएस १५ लाइट रहेकाले यो फोनले उच्च क्षमता प्रदान गर्छ।
फोनमा ५८०० एमएएच क्षमताको ब्याट्री रहेको छ। यसले ४५वाट सुपरभुक फ्ल्यास चार्ज सपोर्ट गर्छ। १९ मिनेटमै यो फोन ३० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ।
ओप्पो ए५ प्रो ८ नेपालमा अलिभ ग्रिन र मोचा ब्राउन रंगमा उपलब्ध छ। भोलिसम्म यसको प्रिअर्डर लिन सकिन्छ भने यसरी लिँदा १ हजार रुपैयाँ पैसा फिर्ता पाइन्छ। यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया