नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो आलोचना गर्नेहरूलाई मिलेर काम गर्न आह्वान गरेका छन्। पार्टीले आयोजना गरेको राजनीतिक तथा वैचारिक अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'बाबुरामले सकेनन् भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता हो। आउनुहोस्, मिलेर जाऔं, वैकल्पिक शक्ति निर्माण गरौं,' उनले भने, 'तपाईं चुप लागेर होइन, हातमा हात जोडेर अगाडि बढे मात्र यसको निकास मिल्नेछ।'
भट्टराईले नेसपा नयाँ शक्तिको जस्तो दस्तावेज कुनै पनि पार्टीको नभएको पनि दाबी गरे।
'हाम्रो जस्तो दस्तावेज कुनै पनि पार्टीको छैन। अरू पार्टीहरू कुनै न कुनै रूपमा एउटा निश्चित समुदाय, लिंग, वा वर्गसँग मात्र सम्बन्धित देखिन्छन्,' उनले थपे, 'तर हाम्रो पार्टी कुनै एक मात्र वर्ग, जाति, वा समुदायको प्रतिनिधित्व गर्ने होइन। यो सम्पूर्ण वर्ग, जाति, र समुदायहरूको साझा केन्द्र हो, जहाँ सबैको समान सहभागिता हुन्छ। हाम्रो पार्टी कुनै निहित स्वार्थ राखेर बनेको होइन, बरु समावेशिता, समानता, र न्यायलाई आधार बनाएर तयार पारिएको साझा फूलबारी हो, जहाँ सबै वर्गका नागरिकले आफूलाई समान रूपमा प्रतिनिधित्व भएको महसुस गर्न सक्छन्।'
भट्टराई पुराना भनेका पार्टीले आफूलाई लोकतान्त्रिक भन्ने गरे पनि गहिराइमा हेरियो भने ती पार्टीका सोच, दस्तावेज, कार्यशैली र नीति बुर्जुवा सोच बो
Shares

प्रतिक्रिया