राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दा गणतन्त्रवादीहरूको 'मुटु हल्लिएको' टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले भने– आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ?
'स्वागत गर्दा त मुटु हल्लियो, कलेजो हल्लियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ ?,'उनको प्रश्न छ।
उनले 'राजा नफर्किने तर अस्तु नभेटिने मार्क्स, लेनिन चाहिँ कसरी भेटिन्छन्?' भन्दै प्रश्न पनि गरे। 'राजा गइसक्यो, फर्किंदैन भन्नुहुन्छ। गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने मार्क्स, लेनिन र माओ चाहिँ कसरी फर्किन्छ ? र, जनतालाई उल्लु बनाइरहनुभएको छ,' उनले भने।
गत फागुन २५ गते करिब एक महिना कास्की र आसपासका क्षेत्रमा बिताएर काठमाडौं फर्किएका पूर्वराजा शाहलाई काठमाडौँमा भव्य स्वागत गरिएको थियो।
Shares

प्रतिक्रिया