प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुई पक्षीयसम्बन्ध र हितका विषयमा छलफल भएको छ। उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिकसम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्दामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा सगरमाथा संवाद कार्यक्रम राखिएको बताए। उनले कार्यक्रममा सहभागिताका लागि पनि पोप्सोइनलाई आग्रह गरे।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए। रासस
Shares

प्रतिक्रिया