राजनीति


राजतन्त्र फर्किन्छ भन्ने डर छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ भन्ने डर छैन : जनार्दन शर्मा

नेपालखबर
चैत ६, २०८१ बुधबार १३:०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक दलहरू गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताएका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै शर्माले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र फर्किने कल्पना नगर्न आग्रह गरेका हुन्। 

आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमिकमजोरी सच्याउनसक्छौँ कि सक्दैनौँ भन्ने डर रहेको बताए।  

‘हामीले संविधान निर्माण भएपनि मुलुकको अवस्था सुधार्न दत्तचित्त भएर लाग्नुपर्थ्यो। गणतन्त्र र जनताको जनजिविकामा सुधार गर्नुभन्दा पनि पार्टीहरुबीच र नेतहरूबीच कुर्सीको छिनाझप्टि, सत्तामोह, एकअर्काप्रतिका लागिगलौच र लाञ्छना र अवसर पाउँदा सबै असैद्धान्तिक गठबन्धमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा केही समस्या र अविश्वास पैदा भएका हुन्' उनले भने। 

संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा संविधान कार्यान्वयनमार्फत अधिकार प्रयोगमा चुकेको विषयमा समीक्षा गर्न आग्रह गरे।  

'मलाई त राजतन्त्र फर्किन्छ भन्ने डर छँदैछैन । हाम्रा कमिहरु सच्याउन सक्छौँ कि सक्दैनौँ भन्ने डर मात्र छ,' उनले भने, 'संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा संविधान कार्यान्वयनमार्फत अधिकारको प्रयोग गर्ने, जनचाहाना, आवश्यकताअनुसार कानून बनाउन नसक्नु हामी कसको दोष हो?’ 

उनले प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो नबनाउने समस्याको पछाडि केन्द्रिकृत मानसिकताको गल्ति हो भन्ने स्विकार्न गल्ति गर्न नहुने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad