राजनीति


संसद्‌लाई जनता भड्काउने थलो बनाउनु भएन : सांसद बराल

संसद्‌लाई जनता भड्काउने थलो बनाउनु भएन : सांसद बराल

नेपालखबर
चैत ६, २०८१ बुधबार १३:९, काठमाडौँ

नेकपा (एमाले)की सचेतक सुनिता बरालले संसद्लाई निराशा पोखेर जनता भड्काउने थलोको रुपमा नभई नीति र कार्यक्रमका माध्यमबाट जोड्ने थलो बनाउन आवश्यक रहेको बताएकी छन्।  

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका कदमहरुमा सहयोग गर्नसमेत उनले सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी हुन्। 

उनले नयाँ दलहरूले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको समेत आरोप लगाइन्।

उनले जनता र नयाँ पुस्ताका समस्यामा बसह गरेर पुस्तान्तरण आवश्यकतालाई प्रमाणीकरण गर्न समेत आग्रह गरिन्। उनले नेपालको अर्थतन्त्रमा उत्पादनले कममा क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता भएको बताइन्। 

उत्पादन क्षेत्रमा जनशक्ति बढाउनको लागि शिक्षा प्रणालीलाई सीपमुलक बनाउन जरुरी रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad