गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा सत्ता पक्ष कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुको संयुक्त प्यानलै विजयी भएको छ।
मंगलबार राति अबेर सम्पन्न मतगणनाअनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका हुन्। अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार श्रेष्ठले २१६ मत ल्याएका छन् भने खनालले २०२ मत।
त्यस्तै सचिवमा नेविसंघका सुप्रिज बस्नेत निर्वाचित भएका छन्। अखिल क्रान्तिकारीका एलन गुरुङलाई मात्र १ मतले पछि पार्दै वस्नेत विजयी भएका हुन्। बस्नेतले २०७ मत ल्याएका छन् भने गुरुङले २०६ मत ल्याएका छन्।
त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित भएका छन्। सिंखडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत पाएका छन्।
सदस्यहरूमा युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दिप कार्की र विपना कोइराला विजयी बनेका छन्।
उनीहरूमध्ये कोइराला अनेरास्ववियुकी हुन् भने अरु नेविसंघका हुन्।
Shares

प्रतिक्रिया