समाज


चालकको लापर्बाहीले जिप पल्टियो, १ जनाको मृत्यु, ३ घाइते

चालकको लापर्बाहीले जिप पल्टियो, १ जनाको मृत्यु, ३ घाइते

नेपालखबर
चैत ६, २०८१ बुधबार १०:२९, काठमाडौँ

म्याग्दीको मालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। 

सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग १ ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।  

जीपमा चालकसहित ५ जना सवार थिए। दुर्घटनामा घाइते हुने ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार चालकले लापरवाही गर्दा दुर्घटना भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad