राजनीति


१५ गतेको जनप्रदर्शनमा एक लाखभन्दा बढी उपस्थित गराउँछौँ : एकीकृत समाजवादी

१५ गतेको जनप्रदर्शनमा एक लाखभन्दा बढी उपस्थित गराउँछौँ : एकीकृत समाजवादी

नेपालखबर
चैत ४, २०८१ सोमबार २०:९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले चैत्र १५ गते समाजवादी मोर्चाले गर्ने कार्यक्रममा हजारौँ मानिसहरु उपस्थित गराउन प्रयत्न गर्ने भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायि कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष जगन्नाथ खतिवडाले हजारौँ मानिस उतार्नका लागि विभिन्न प्रयत्न गरिरहेको बताए। जनप्रदर्शनलाई सशक्त ढंगले सफल बनाउनेतिर अग्रसर रहेको उनको भनाई थियो।

‘तथाकथित राजावादीहरू’ले गरेका गतिविधिहरु खण्डन गर्ने र जनता गणतन्त्रवादीतर्फ नै रहेको जिकिर गरे। उनले लोकतन्त्रलाई सुधार गर्न सकिने तर परिवर्तन गर्न नसकिने जनताको आवाव आफूहरूले उठाउन प्रदर्शन गरिरहेको बताए।

कम्तिमा ६० हजार र त्यहाँ भन्दा बढी एक लाखसम्म कार्यकर्ता आन्दोलनमा उतार्ने उनको दाबी थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad