कारोबार


बैंकहरूले सामाजिक उत्तरदायित्व कोषको रकम वर्ष दिनमा ६० प्रतिशत खर्च गर्नैपर्ने

बैंकहरूले सामाजिक उत्तरदायित्व कोषको रकम वर्ष दिनमा ६० प्रतिशत खर्च गर्नैपर्ने

नेपालखबर
चैत ४, २०८१ सोमबार २०:३७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सामाजिक उत्तरदायित्व कोषमार्फत गर्ने खर्च बढाउन नयाँ व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुमा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१  जारी गर्दै कोषमा जम्मा हुने रकमको ६० प्रतिशत रकम एक वर्षभित्र खर्च गर्नुपर्ने व्यवस्था गरेको हो। 

बैंक तथा वित्तीय सस्थाहरुले खुद मुनाफाको एक प्रतिशत नाफा सामाजिक उत्तरदायित्व कोषमा राख्नुपर्ने व्यवस्था छ। तर कोषमा रहेको रकम समेत खर्च नगर्ने प्रवृत्ति बढ्दै गएपछि राष्ट्र बैंकले कोषको खर्च ६० प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था गरेेको हो। 

इजाजतपत्रप्राप्त संस्थाले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा
जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। 

निर्देशिकाले बैंकहरुले सीएसआरअन्तर्गत राखेको रकम हरेक प्रदेशमा १० प्रतिशतका दरले खर्च गर्नुपर्ने समेत व्यवस्था गरेको छ। 

बैंकहरुले सामाजिक उत्तरदायित्व कोषको रकम  शिक्षा स्वास्थ्य, वातावरण, मानवीय सहयोग तथा राहत, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रमा खर्च गर्नुपर्नेछ। 

यस्तै कोषको रकम दुरुपयोग रोक्नका लागि निर्देशिकाले एक कार्यक्रममा कोषको बढीमा ५ प्रतिशत मात्रै रकम खर्च गर्न सक्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad