राजनीति


गृह मन्त्रालयले गर्‍यो आईजीपी कुँवरको बिदाइ

गृह मन्त्रालयले गर्‍यो आईजीपी कुँवरको बिदाइ

नेपालखबर
चैत ४, २०८१ सोमबार १७:५८, काठमाडौँ

गृह मन्त्रालयले अनिवार्य अवकाशमा जान लागेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बिदाइ गरेको छ।  

गृहमन्त्री रमेश लेखकले आज सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच कुँवरलाई बिदाइ गरेका हुन्।   

मन्त्री लेखकले प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना पनि गरे। 

कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको बताए। आगामी दिनमा पनि राज्यलाई आवश्यक हुँदा आफू जिम्मेवारी निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो।  

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले पनि कुँवरको कार्यक्षमताको प्रशंसा गरे। सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको लामो यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए।

आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समायानुकूल आधुनिकीकरण, सांगठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिको लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गरे।

आगामी दिनमा समेत नेपाल प्रहरी संगठनको श्रीवृद्धि एवम् प्रहरी कर्मचारीहरूको हित र उत्प्रेणाको लागि निरन्तर मार्गदर्शन र सकारात्मक पहलकदमी भइरहने प्रतिबद्धता व्यक्त गरे।  

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो। 

नयाँ आईजीपी नियुक्तिका लागि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ। अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रहरी नेतृत्वका लागि प्रतिस्पर्धामा छन्।  

मन्त्रिपरिषद्ले समयमा प्रहरी नेतृत्व नटुंग्याउँदा महानिरीक्षक कुँवरले कमान्ड हस्तान्तरण गर्न भने पाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad