राजनीति


विदेशमा रहेका श्रमिकले सम्झौताअनुसार पारिश्रमिक पाएनन्, सरकारले ध्यान दिनुपर्‍यो : अर्याल

विदेशमा रहेका श्रमिकले सम्झौताअनुसार पारिश्रमिक पाएनन्, सरकारले ध्यान दिनुपर्‍यो : अर्याल

नेपालखबर
चैत ४, २०८१ सोमबार १२:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगिएको, समस्या परेको र दूतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको भन्दै यस्तो ध्यानाकर्षण गराएका हुन्।

उनले युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार उल्लेख गरे। मेनपावर कम्पनीहरूले श्रमिकहरूलाई भनेअनुसारको सेवा सुविधा नदिने र गुनासो गर्दा धम्क्याउने गरेको समेत बताए। 

उनले मुलुक रेमिट्यान्सले चलिरहेको अवस्थामा श्रमिकहरूलाई सम्झौताअनुसारको सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेनपावर कम्पनीहरूलाई कानूनी दायरामा ल्याउन समेत माग गरे। 

उनले वर्षातको समय नजिकिएकाले बाढीको जोखिम भएका नदीहरूमा तटबन्धको व्यवस्था गर्न समेत माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad