कारोबार


बुटवल र भैरहवामा पनि सार्वजनिक भए टाटाका नयाँ ईभी

बुटवल र भैरहवामा पनि सार्वजनिक भए टाटाका नयाँ ईभी

नेपालखबर
चैत ४, २०८१ सोमबार १२:५७, काठमाडौँ

सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएका टाटाका ईभीहरू बुटवल र भैरहवामा लन्च गरेको छ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक कम्पनीले भैरहवास्थित अम्बु मार्केटिङ र बुटवलस्थित सफल मोटर्समा टाटाको बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी - २०२५ सार्वजनिक गरेको हो।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य र बुटवलका अध्यक्ष हरि प्रसाद अर्यालको प्रमुख आतिथ्य रहेको थियो। 

कार्यक्रममा सिप्रदी  ट्रेडिंगका सिजापतीले टाटा ईभीको नयाँ मोडलहरु बुटवल र भैरहवामा लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए।

‘अब ग्राहकहरुले टाटाको प्रिमियम कर्भ ईभी देखि धेरै यात्रा गर्नको लागि नेक्सन के३ ईभी, बजेटमा एसयुभीको आनन्द लिनको लागि पन्च ईभी र इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याचब्याग टियागो ईभी २०२५ मोडल रोज्न सक्नु हुन्छ’, उनले भने, ‘ग्राहकहरुले नेपाली बाटो सुहाउने ग्राउन्ड क्लियरेन्स भएको सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट अनुसारले किनेर ढुक्क भएर ईभी गाडीको मज्जा लिन सक्नुहुन्छ।’    

त्यस्तै अम्बु मार्केटिङका प्रोपराइटर परशुराम पराजुलीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए।

सफल मोटर्सका प्रोपराइटर प्रदिप हमालको अनुसार बुटवलतिरको बाटो सुहाउँदो प्रिमियम र धेरै रेञ्ज भएको गाडीहरु लन्च भएको हुँदा यो ईभीहरुले ग्राहकको रोजाइमा विश्वस्त रहेको जानकारी दिए।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागितत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad