राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नेकपा (एमाले)का सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले गलत इतिहास सुनाएर शाहीलाई अपशब्द बोलेको आरोप लगाएका हुन्।
'हिजो एउटा झुटो इतिहास सुनाएर जुम्लाका माननीय सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानि गरी तिमी र तपाईं, मिस्टर भनेर सम्बोधन भयो,' उनले भने, 'सदनमा मर्यादाहीन पेस हुने गैरजिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ। र, ती सांसदलाई सचेत हुन सभामुखबाट अनुरोध गर्छु।'
आइतबार ज्ञानेन्द्र शाहीलाई पन्तले तिमि र मिस्टर जस्ताव शब्द प्रयोग गर्दै इतिहासको विषयमा विवाद गर्न आउन चुनौती दिएका थिए।
Shares

प्रतिक्रिया