राजनीति


सरकार भ्रष्ट हुँदा राजावादी सक्रिय भए : नारायणकाजी श्रेष्ठ

सरकार भ्रष्ट हुँदा राजावादी सक्रिय भए : नारायणकाजी श्रेष्ठ

नेपालखबर
चैत ३, २०८१ आइतबार २१:२२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्ट रहेकाले राजावादीहरू सक्रिय हुने मौका पाएको बताएका छन्।

माओवादी केन्द्र धनकुटा नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अघिल्लो सरकारले गरेको सुशासनलाई यो सरकारले अवरोध गरेको बताएका छन्।

उनले सरकारकै कारणले संविधान र लोकतन्त्रको अपहरण गर्ने प्रयास भइरहेको आरोप लगाए। उनले अघिल्ला सरकारले गरेका हरेक मुद्दा फिर्ता लिएर अहिलेको सरकारले भ्रष्टाचारलाई सहयोग गरिरहेको बताएका हुन्।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने श्रेष्ठको भनाइ छ। उनले माओवादी केन्द्रले शुरु गरेको हुलाकी राजमार्ग केन्द्रित अभियान चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि सुचारु गरिने र १५ गते समाजवादी मोर्चाले लोकतन्त्रको रक्षार्थ काठमाडौँमा सभा गर्न लागेको जानकारी दिए।

उनले संसद्‌भित्रको भूमिका प्रभावकारी बनाउन र राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई केन्द्र भागबाट अगाडि बढाउन केही दिनलाई हुलाकी राजमार्ग केन्द्रित कार्यक्रम हेरफेर गरिएको जानकारी दिए। उनले अग्रगमनको संविधान संशोधन गर्न तयार रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्ने बताए।

कार्यक्रमलाई माओवादी केन्द्रकी केन्द्रीय सदस्य धनमाया विक, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा जनयुद्धका सहिद परिवार, पार्टीमा आस्था राख्ने तथा सेवानिवृत्त कर्मचारी तथा शिक्षकलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad